aarthiknews.com विहीबार, २६ माघ २०७९   Thursday, 09 February, 2023
 
kalapathar

सनराइज फोकस्ड इक्विटी फण्डको इकाई आजदेखि विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० माघ २०७९
nabil bank
kispangmun.gov.np/
सनराइज फोकस्ड इक्विटी फण्डको इकाई आजदेखि विक्रीमा
bhotekoshimun.gov.np/
LBF

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले माघ १० गतेदेखि सनराइज फोकस्ड इक्विटी फण्डको इकाई विक्री खुला गर्ने भएको छ । क्यापिटलले यो फण्ड सञ्चालनका लागि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई विक्री गर्न लागेको हो । 

कुल इकाईमध्ये १ करोड ८० लाख इकाई कोष प्रबद्र्धक सनराइज बैंक लिमिटेडलाई सुरक्षित राखिएको छ । यो वाहेक बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक निष्कासन मार्फत विक्रीमा ल्याउन लागिएको हो । 

यो इकाई छिटोमा माघ १३ गतेसम्म विक्रीमा रहनेछ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि माघ २४ गतेसम्म विक्री अवधि तय गरिएको छ । इकाई खरीदकर्ताहरूले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।

१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको कुल आकार १ अर्ब २० करोड रुपैयाँ रहेको छ । यस योजनाको विक्री हुनुपर्ने न्यूनतम इकाई ६ करोड रहेको छ । न्यूनतम विक्री हुनुपर्ने इकाई विक्री नभएमा उक्त योजना खारेज गरी १५ दिनेभित्र निवेदनको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने योजना व्यवस्थापकको भनाई छ ।

यस योजनाको इकाई बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । खरीदकर्ताहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यस योजनाको इकाई निष्कासनका लागि गराईएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटी ३ (एएमसी३) रेटिङ्ग प्रदान गरेको छ भने कोष प्रबद्र्धकलाई केयर एनपी ए माइनस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यी रेटिङ्गले कम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।
 

प्रतिक्रिया दिनुहोस