
काठमाडौं । आर्थिक विकासका लागि आर्थिक मिडियाहरु अघिल्लो मोर्चामा रहन अर्थमन्त्री बिष्णु पौडेलले सुझाव दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा इकोनोमिक मिडिया सोसाइटी(इम्सन)को नयाँ कार्यसमितिलाई स्वागत गर्दै उनले देशको अर्थतन्त्रको विकासका लागि अघिल्लो मोर्चामा रहेर काम गर्न र त्यसका लागि अर्थ मन्त्रालयबाट गर्न सकिने सहयोगका लागि पनि आफू तयार रहेको बताएका हुन ।
इकोनोमिक मिडिया सोसाइटी र अर्थ मन्त्रालयको बीचमा जीवन्त सम्वन्ध बनाउन निरन्तर छलफल र भेटघाट हुनपर्ने बताए । उनले भने, ‘अर्थ मन्त्रालयलाई सुझाव सल्लाह यहाँहरुले पनि दिने हो । यहाँहरुका जायज सुझावलाई ग्रहण गर्दै हामी पनि अघि बढ्ने हो । यो सासाइटीको क्षमता विकासका लागि गर्न सकिने सहयोग गरिने नै छ । तर क्षमता विकासका लागि गर्न सकिने सहयोगका लागि अर्थ मन्त्रालय तत्पर छ ।’
सोसाइटीले देशको आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न तयार रहेको बताउँदै निकट भविष्यमा आर्थिक सम्मेलनमा मन्त्रालय समेत सामेल रहन आग्रह गरेको थियो ।
प्रतिक्रिया दिनुहोस