aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

वीपी कोइरालाका भिसी गिरीविरुद्ध भ्रष्टाचार आरोप, अदालतमा भयो मुद्दा दर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ माघ २०७९
वीपी कोइरालाका भिसी गिरीविरुद्ध भ्रष्टाचार आरोप, अदालतमा भयो मुद्दा दर्ता
NIBL

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले भ्रष्टाचारजन्य कसुर गरेको आरोपसहित मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिसी गिरीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

आयोगले गिरी, डा. ज्ञानेन्द्रमान सिंह कार्कीसमेत २ जना उपर नपाएको ओहदा पाएको भन्ने सम्बन्धी आरोप–पत्र दायर गरेको हो । गिरीले नपाएको ओहदा पाए भनी पदीय मर्यादा विपरीत कार्य गरेको भन्ने उजुरी आयोगमा परेको थियो । उक्त विषयमा  अनुसन्धान हुँदा डा. ज्ञानेन्द्र गिरीले उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरुले विश्वास गरोस भनी बदनियतसाथ कुनै पनि आधिकारीक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाए भनी अरुले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएको आयोगको भनाई छ ।  

उनले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएकोले निज ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचारजन्य  निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुरमा सोही ऐनको दफा १५ बमोजिम सजाय हुन र सोही ऐनको दफा २४ बमोजिमको थप सजायसमेतको मागदावी लिइएको छ । साथै प्रतिवादी डा. ज्ञानेन्द्रमान सिंह कार्कीले डा. ज्ञानेन्द्र गिरीलाई प्रोफसर पदको अनुमोदनको लागि काठमाडौं विश्वविद्यालयमा सिफारिस गर्नसम्म सक्नेमा निजले नियुक्ति दिएको आधारमा प्रतिवादी ज्ञानेन्द्र गिरीले नपाएको ओहदा प्रयोग गरेको आयोगको भनाई छ । 

उक्त कार्यमा ज्ञानेन्द्रमान सिंह कार्कीको मतियारको भूमिका रहेको देखिएकोले उनीविरुद्ध पनि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस