
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कोषमा रहेको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बोर्डले एक सूचनामार्फत स्वास्थ्य बीमा कोषमा रहेको रकम मुद्दती निक्षेपमा राख्न लागेको जानकारी दिएको हो ।
कोषको रकम तीन महिने मुद्दती निक्षेप तथा कल जनरल निक्षेपमा लगानी गर्नु पर्ने भएकोले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गका वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूलाई आवेदन माग गरिएको छ । बोर्डले सूचना प्रकाशित भएको मितिले सात दिनु भित्र आफूले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी सिलबन्दी पेस गर्न समेत भनेको छ ।
जसका लागि नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही वा समस्याग्रस्त संस्थाको रूपमा घोषणा नगरेको हुनु पर्ने सूचनामा भनिएको छ । यसका साथै, नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप चुक्ता पुँजी कायम रहेको, कर्जा निक्षेप अनुपात नेपाल राष्ट्र बैंकको सीमा भित्र भएको, विगत तीन वर्षदेखि नाफामा सञ्चालित भएको र सञ्चित नोक्सानी नभएको र निष्कृय कर्जा अनुपात ५ प्रतिशत भन्दा कम भएको सर्त समेत राखिएको छ ।
प्रतिक्रिया दिनुहोस