aarthiknews.com विहीबार, २६ माघ २०७९   Thursday, 09 February, 2023
 
kalapathar

ब्याजदर नियन्त्रण गर्ने अर्थमन्त्रीले गरे संकेत, भने, ‘चाँडै सकारात्मक नतिजा आउँछ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ माघ २०७९
nabil bank
kispangmun.gov.np/
ब्याजदर नियन्त्रण गर्ने अर्थमन्त्रीले गरे संकेत, भने, ‘चाँडै सकारात्मक नतिजा आउँछ’
bhotekoshimun.gov.np/
LBF

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बैंकहरुको ब्याजदर उल्लेख्य मात्रामा घट्ने संकेत गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको साना तथा मझौला उद्यमी सम्मेलनलाई सम्बोधन गर्दै उनले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक ब्याजदरका विषयमा सघन छलफलमा रहेको र सकारात्मक नतिजा नजिक पुगेको बताएका हुन् । 

अर्थमन्त्री पौडेलले आफू निजी क्षेत्रका माग र सरोकार सम्बोधन गर्ने प्रयासमा रहेको बताउँदै कानुनी दायरालाई ध्यानमा राखेर अगाडी बढ्ने समेत बताए । ब्याजदरका विषयमा आफूले राष्ट्र बैंकलाई दबाब दिन नसक्ने तर, सरोकारवाला मन्त्रालय भएको नाताले छलफलमा भने रहने गरेको जानकारी दिँदै उनले भने, ‘राष्ट्र बैंक स्वत्तता कानुनबाट चल्ने निकाय हो । यसले स्वायत्त ढङ्गले निर्णय गर्ने क्षमता राख्छ । अर्थतन्त्र चलाउने निकाय भएकोले अर्थ मन्त्रालयले पनि छलफल गर्नु हाम्रो दायित्व हो ।’

अहिले ब्याजदर घट्दै जानु सकारात्मक रहेको उनले बताए । अर्थमन्त्री पौडेलले भने,  ‘ब्याजदर महँगीसँग जोडिन्छ । महँगी नियन्त्रण गर्दै ब्याजदरलाई सीमा भित्रै राख्ने कसरत भइरहेको छ । अहिले ब्याजदर क्रमशः घट्न शुरु भइसकेको छ । यो सकारात्मक छ ।’

सो कार्यक्रमलाई सम्बोधन गर्दै उनले अघिल्लो पटक अर्थमन्त्री हुँदा आफ्नै पहलमा स्टार्टअपलाई बजेटको एउटा अङ्ग बनाएको समेत स्मरण गरे । स्टार्टअप सम्बन्धी कार्यविधि चाँडै पारित हुने उनको भनाई छ ।  

 

प्रतिक्रिया दिनुहोस