
काठमाडौं । अवैधरुपमा भन्सार छलेर ल्याइएको औषधि झापा प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा मेचीखोला ६ स्थित मेचीखोलाबाट अनुमानित मूल्य ७० हजार रुपैयाँ बराबरको औषधि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
झापा प्रहरीले दिएको जानकारी अनुसार नियन्त्रित औषधिलाई विराटनगरस्थित औषधि व्यवस्था विभागको शाखा कार्यालयमा बुझाइनेछ । पछिल्लो समयमा प्रहरीले विभिन्न अपराधिक क्रियाकलाप रोक्न सीमामा गस्ती बढाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस