
काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १२९ रूपैयाँ ५० पैसा र बिक्री दर १३० रूपैयाँ १० पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ २६ पैसा र बिक्री दर १४० रूपैयाँ ९१ पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ८२ पैसा र बिक्री दर १६० रूपैयाँ ५६ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४० रुपैयाँ ६८ पैसा र बिक्री दर १४१ रुपैयाँ ३४ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८९ रुपैयाँ ७६ पैसा र बिक्री दर ९० रुपैयाँ १८ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस