
काठमाडौं । मौसम खराबीका कारण श्री एयरको विमान बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौका लागि उडेको अवतरण गर्न नसकेपछि झापाको भद्रपुर विमान स्थलमा अवरतण गरेको छ । शुक्रबार बिहान ७ः३० बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९–६ मा चन्द्रगढ विमानस्थलमा अवतरण गरेको त्रिभुवन विमान स्थल काठमाडौंले जनाएको छ ।
विहान काठमाडौंको भिजिबिलिटी १५०० मिटर रहेको त्रिवि विमान स्थलले जनाएको छ । अहिले काठमाडौंको भिजिबिलिटी १६०० पुगेको छ । भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस