aarthiknews.com शुक्रबार, २६ जेठ २०८०   Friday, 09 June, 2023
 

७३१ थान राहदानीसहित तीन पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ माघ २०७९
७३१ थान राहदानीसहित तीन पक्राउ
प्रतिकात्मक
NIBL

काठमाडौं । नेपाल प्रहरीले नयाँ बसपार्क क्षेत्रबाट सात सय ३१ थान राहदानीसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरी बृत्त महाराजगञ्ज र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले काठमाडौँ महानगरपालिका–२६ स्थित वीरेन्द्र ऐश्वर्य मार्गमा रहेको होटल सिनामा र मित्रनगरस्थित गुल्मी पल्लीकोट गेष्टहाउसबाट तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा गुल्मी छत्रपुर नगरपालिका–९ का ३८ वर्षीय मीनबहादुर सोमरे, सिन्धुली कमलामाई नगरपालिका–७ का ४४ वर्षीय शेरनारायण श्रेष्ठ र कञ्चनपुर बेतकोट नगरपालिका–३ का लोकजन खड्का रहेका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले होटल तथा गेष्टहाउसमा बसेर वैदेशिक रोजगारसम्बन्धी अवैध गतिविधि गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रवक्ता मैनालीले बताए । 

प्रतिक्रिया दिनुहोस