aarthiknews.com विहीबार, २६ माघ २०७९   Thursday, 09 February, 2023
 
kalapathar

सभामुखको निर्वाचन आज ११ बजे, यस्तो छ अंकगणित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ माघ २०७९
nabil bank
kispangmun.gov.np/
सभामुखको निर्वाचन आज ११ बजे, यस्तो छ अंकगणित
bhotekoshimun.gov.np/
LBF

काठमाडौं । प्रतिनिधिसभाका सभामुख पदका लागि आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजेदेखि मतदान हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

सभामुखका लागि गठबन्धनबाट झापा क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित नेकपा एमालेका केन्द्रीय सदस्य देवराज घिमिरे र कांग्रेसको समानुपातिकमा विजयी कैलालीकी सांसद ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन् । घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन् ।

न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला र कांग्रेस सांसद रमेश लेखक छन् ।

आजको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिकरूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ । 

२७५ सदस्यीय प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८९ सांसद रहेकोमा एकजना सांसद निलम्बनमा रहेकोले हाल ८८ जना रहेको छन् भने जसपाका १२ र एकिकृत समाजवादीका १० गरी ११० जना पुग्छन् । मन्त्रालयको भागबन्डामा असहमत भइ सरकारमा जान आनाकानी गरिरहेको जनमत पार्टीले पनि आफ्नो पक्षमा मतदान गर्ने कांग्रेसको आसा रहेको देखिन्छ । यदि त्यो भयो भने पनि जनमत पार्टीका ६ सांसदको मत जोड्दा सभामुखमा कांग्रेसको पक्षमा ११६ मत हुने देखिन्छ । 

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेका घिमिरेको पक्षमा भने एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, लोकतान्त्रिक समाजवादी पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४ र आम जनता पार्टीका १ र स्वतन्त्र २ गरी १५६ सांसद देखिएका छन् । राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी भने हालसम्म कुनै पक्षमा खुलेका छैनन् ।    

प्रतिक्रिया दिनुहोस