aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

भ्रष्टाचार आरोपमा सशस्त्र प्रहरी जवानविरुद्ध मुद्दा दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ माघ २०७९
भ्रष्टाचार आरोपमा सशस्त्र प्रहरी जवानविरुद्ध मुद्दा दायर
NIBL

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा एक जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले नवलपरासको (बर्दघाट–सुस्ता पश्चिम) सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प सेमरीमा कार्यरत सशस्त्र प्रहरी जवान मुख्तार देवानविरुद्ध मुद्दा दायर गरेको हो ।

सशस्त्र प्रहरी जवान मुख्तार देवानले महेशपुर सीमा नाकाबाट सामानहरु खरिद गरी ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना आयोगमा परेको थियो । उक्त उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले देवानलाई सेवाग्राहीबाट सात हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।  

देवानले सिमा नाकाबाट व्यापारिक प्रयोजनका लागि सामान ल्याउँदा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग सात हजार घुस लिएको पुष्टी हुन आएको आयोगको भनाई छ । उनलाई जरिवानासहित कैद सजायको मागदावी गर्दै आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस