एटीएम ह्याक गर्ने थप ४ चिनियाँ पक्राउ, ३ जना मनी एक्सचेन्ज सञ्चालक पनि समातिए - Aarthiknews
aarthiknews.com सोमबार, ०२ मंसिर २०७६   Monday, 18 November, 2019
 
Bajaj_Bike

एटीएम ह्याक गर्ने थप ४ चिनियाँ पक्राउ, ३ जना मनी एक्सचेन्ज सञ्चालक पनि समातिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ भदौ २०७६
Sunrise bank
एटीएम ह्याक गर्ने थप ४ चिनियाँ पक्राउ, ३ जना मनी एक्सचेन्ज सञ्चालक पनि समातिए
LBEF
NCH-IPS

काठमाडौं । नेपालको बैंकिङ प्रणाली ह्याक गरी एटिएमबाट पैसा लुट्ने चिनियाँ समूहका थप ४ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहले थप ४ जना पक्राउ परेको पुष्टि गरे । उनका अनुसार शनिबार राति पक्राउ परेका ५ जना चिनियाँहरुको बयानका आधारमा ३ जनालाई ठमेलबाट पक्राउ गरिएको हो ।

अर्को १ जनालाई भने अध्यागमन विभागको मद्दतबाट पक्राउ गरिएको एसपी सिंहले बताए ।

‘अहिले थप ४ जना पक्राउ परेका छन् । उनीहरुलाई यहाँ (महानगरीय प्रहरी परिसर) ल्याउने काम भइरहेको छ । यहाँ पु¥याएर प्रारम्भिक अनुसन्धान गरेपछि थप केही खुल्छ,’ एसपी सिंहले भने ।

एसपी सिंहका अनुसार अध्यागमन विभागको सहयोगमा पक्राउ परेका व्यक्ति भने प्रहरीको फरार सूचीमा थिए । एटिएम ह्याक प्रकरणमा प्रहरीले ३ जनालाई फरारको सूचीमा राखेको थियो । जसमध्ये १ जना आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो भने सोहीमध्येका अर्का १ जना सोमबार पक्राउ परेका हुन् ।

एसपी सिंहले पक्राउ परेका ४ जनौ नै चिनियाँ नागरिक भएको जानकारी आएको बताए । यद्यपि थप अनुसन्धान हुन भने बाँकी रहेको सिंहको भनाइ छ ।

३ जना मनी एक्सचेन्ज सञ्चालक पक्राउ

नेपालका बैंकहरुको एटीएम ह्याक गरी रकम झिक्ने चिनियाँ नागरिकले पैसा साट्न प्रयोग गरेको दुई मनी एक्सचेन्जका सञ्चालक पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपालय मनी एक्सचेन्ज र डेक्सो मनी एक्सचेन्जका सञ्चालक रहेका छन् । मनी एक्सचेन्जका सञ्चालकहरु देवनाथ लामा रोशन श्रेष्ठ र रेवती दवाडीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चिनियाँ ह्याकरहरुले काठमाडौंको ठमेलमा रहेको ती दुई मनी एक्सचेन्जबाट २९ लाख ९९ हजार नेपाली रुपैयाँ साटेर २५ हजार ८ सय ६२ डलर लिएका थिए ।

स्रोत नखुलेको रकम साटेकाले अनुसन्धानका लागि पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र वोगटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस