तीजको दिन शेयर बजार रातै, नेप्से १४ अंकले घट्यो - Aarthiknews
aarthiknews.com विहीबार, ०२ असोज २०७६   Thursday, 19 September, 2019
 

तीजको दिन शेयर बजार रातै, नेप्से १४ अंकले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ भदौ २०७६
Sunrise bank
तीजको दिन शेयर बजार रातै, नेप्से १४ अंकले घट्यो
LBEF
NCH-IPS

काठमाडौं । तीजको दिन शेयर बजार पनि रातै भएको छ । यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.४५ अंकले घटेर ११७०. ३४ बिन्दूमा झरेको छ । यस दिन नेप्सेमा १७१ कम्पनीको १३ लाख ८० हजार क्त्रिा ४० करोड ७५ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै समूहमा गिरावट भएको छ । समग्र परिसूचकमा गिरावट आएको दिन  नेपाल बैंकको शेयर कारोबार भने उच्च भएको छ । यस बैंकको साढे दुई करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको शेयर मूल्य साढे पाँच प्रतिशतले वृद्धि भएको छ । तर, गरिमा विकास बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै  करिब आठ प्रतिशतले घटेको छ ।
 

प्रतिक्रिया दिनुहोस