
काठमाडौं । पोखरा आसपासलगायत स्थानमा अहिले आंशिक बदली रहेको छ । यसको मतलब अहिले पोखराको १० देखि २० प्रतिशत आकाशलाई बादलले ढाकेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पोखरामा आंशिक बदली रहे पनि पानी पर्ने सम्भावना भने छैन । आंशिक बदली हुँदा भिजिबिलिटी कम नहुने मौसमविद्हरुले भन्ने गरेका छन् ।
उनीहरुको मनाइ अनुसार मौसममा बदलीकै कारण अहिले पोखरा आसपासलगायत स्थानमा भिजिबिलिटी कम भएको छैन । आज बिहान पौने ६ बजे पोखराको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको थियो ।
प्रतिक्रिया दिनुहोस