aarthiknews.com बुधबार, २० मंसिर २०८०   Wednesday, 06 December, 2023
 
Royal Enfield

सोमबार शोक बिदा दिने सरकारको निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ माघ २०७९
Global IME
सोमबार शोक बिदा दिने सरकारको निर्णय
DHI
nmb

काठमाडौं । सरकारले माघ २ गते सोमबार शोक बिदा दिने निर्णय गरेको छ । यती एयरलाइन्सको विमान दुर्घटना भएपछि आकस्मिक मन्त्री परिषद्को बैठक बसेको थियो । उक्त बैठकले भोली सोमबार शोक बदिा दिने निर्णय गरेको हो । 

आज बसेको मन्त्रिपरिषदको बैठकले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

“आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ, दिवङ्गप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ, निधन भएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ”, उनले भने, “शोकपूर्ण घटनाका सन्दर्भमा भोलि माघ २ गते शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।” 

प्रतिक्रिया दिनुहोस