जापानमा विदेशि कामदर माथि शोषण, कम ज्याला धेरै काम - Aarthiknews
aarthiknews.com आइतबार, २९ भदौ २०७६   Sunday, 15 September, 2019
 

जापानमा विदेशि कामदर माथि शोषण, कम ज्याला धेरै काम

  • बीबीसी
    बीबीसी
  • सोमबार, १६ भदौ २०७६
Sunrise bank
जापानमा विदेशि कामदर माथि शोषण, कम ज्याला धेरै काम
LBEF
NCH-IPS

काठमाडौं । जापानको सरकारी आप्रवासी कामदार योजनामार्फत् आएर अन्तर्राष्ट्रिय ब्रान्डका लागि कपडा बनाउने कारखानामा काम गरिरहेका विदेशी कामदारहरूले धेरै काम लगाइएको र कम ज्याला दिइएको आरोप लगाएका छन्।

हालैका दिनमा हजारौँ जापानी व्यवसायहरूले शोषण गरिरहेको विवरण बाहिर आएपछि सरकारी योजना विवादास्पद बनेको छ। जापानले नेपाली कामदारहरूलाई जापानीसरह सुविधा दिन प्रतिबद्धता व्यक्त गर्दै नेपालबाट पनि कामदार लाने प्रक्रिया सुरु गरेको छ।

कष्ट
पानी पर्ला जस्तो एक बिहान एउटा पार्कमा महिला र पुरुषहरू शारीरिक अभ्यास गर्दै थिए। उनीहरू यस अपार्टमेन्टका बासिन्दा हुन्। टोकियोबाट चार घण्टाको यात्रामा पुगिने औद्योगिक सहरमा उनीहरू काम छाडेर भागेका र रोजगारदाताप्रति कामका विषयमा गुनासोहरू गरिरहेका छन् झाङले बिस्तारै आफ्नो पाखुरा उचालिन्, उनलाई निहुरिन गाह्रो भइरहेको थियो र उनको काँध निकै दुखिरहेको थियो।

एकाउन्न वर्षको उमेरमा त्यहाँ काम गर्ने उनी अरूभन्दा निकै बूढी देखिन्थिन्। उनको कपाल खुइलिरहेको थियो। mनेपाली कामदारलाई जापानमा रोजगारीको बाटो खुल्यो जापान जाने नेपाली कामदार नठगिने उपायको खोजी उनी कपडामा स्त्री लगाउने अनुभवी महिला हुन् जसले लामो समय जापान आउने सपना पालेकी थिइन्।

छोराको बिहेको ऋण तिर्नु र उसलाई आफ्नो पहिलो घर किन्न सघाउनु उनको उद्देश्य थियो। जब जापान सरकारले ुइन्टर्नशिपु कार्यक्रम भनिने सिकारु कामदारका लागि नियम परिवर्तन गर्दै काम गर्ने अनुमति दियो उनी निकै खुसी भएकी थिइन्।

सन् २०१५ मा उनले एउटा सानो कपडा उत्पादन गर्ने कम्पनीमा काम पाइन्। तर उनी भन्छिन् काम निकै थकाउने खाले थियो। ‘मैले यति धेरै काम गरेँ कि मेरो टाउको दुख्थ्यो, मेरा खुट्टाहरू सुन्निन्थे,’ उनले भनिन्। ‘मेरो टाउकोमा हुने पीडाले गर्दा म रातभरि रुन्थेँ।’

झाङले भनेअनुसार उनी सधैँजसो बिहान साढे ६ बजे काम थालेर मध्यरातमा मात्र सक्थिन्। अनि काम थालेको पहिलो छ महिनासम्म उनले एकदिन पनि बिदा लिइनन्।

शोषण
‘हाम्रो साहुले चाहिँ के भन्थे भने हामीले जति धेरै सामग्रीहरू बनाउन सक्यौँ त्यति नै धेरै पैसा कमाउन सक्छौँ। त्यसैले हामीले निकै धेरै काम गर्‍यौँ।’ त्यहाँ झन्डै डेढ वर्ष काम गरेपछि उनले थप अवधि गरेको कामको पैसा नपाएको थाहा पाइन्। साहुले हरेक महिना उनको तलबको पैसा लिने गरेको तर फिर्ता दिने वाचा कहिल्यै पूरा नगरेको उनले सुनाइन्।

सोही समयमा उक्त कम्पनीमै काम गरेकी अन्य दुई महिलाले समेत त्यस्तै दाबी गरे। उनीहरूले आफूहरू लामो समय एउटै भवनभित्र काम गर्ने भएकोले हप्तौँसम्म बाहिर निस्कन नपाएको बताए। रोजगारदाता कम्पनीले भने त्यस्तो दाबीलाई अस्वीकार गर्दै त्यसरी उनीहरूलाई समस्यामा पार्ने काम सम्भव नभएको बताएको छ। कम्पनीले झाङसहित शपिङ मलमा बसेर हाँस्दै आइसक्रीम खाइरहेको तस्बिर देखाउँदै ती विवरण झुटो रहेको पुष्टि गर्न खोजे।

सन् २०१७ को एक प्रतिवेदनअनुसार जापान सरकारले प्राविधिक प्रशिक्षार्थी कार्यक्रममा भएको दुर्व्यवहारलाई केही हदसम्म स्वीकारेको छ। जसमा प्राविधिक सिकारु कामदारहरूलाई काम लगाउने छ हजार कम्पनीमध्ये ७० प्रतिशतले तलब र थप समय काम लगाउनेजस्ता विषयमा श्रम कानुन उल्लङ्घन गरेको बताएको छ। यो आश्चर्यजनक तथ्याङ्क हो। आप्रवासीबारे काम गर्ने अभियानकर्मीहरूले त्यस्तो समस्या खासगरी कपडा उद्योगमा रहेको बताउँछन्।

के भन्छन् रोजगारदाता ?
झाङ् काम गर्ने कम्पनीको भनाइमा उनीहरूमाथि श्रमसम्बन्धी स्थानीय निकायले अनुसन्धान गरेको थियो र त्यसमा उनीहरूले सफाइ पाइसकेका थिए। तीनवर्षे जागिर अवधिको मध्यतिर झाङले आप्रवासीका पक्षमा वकालत गर्ने एकजना कानुन व्यावसायीलाई भेटिन्।

जसले झाङ्लाई आफूले काम गरेको समयको विवरण सुरक्षित राख्न सुझाए। उनीसँग च्यातिएका किताबकापीका पानाका चाङ थिए जसमा जताततै चिनियाँ अक्षरहरू थिए।

उनको दाबीअनुसार कम्पनीबाट ५० हजार अमेरिकी डलर लिन बाँकी छ। ‘म यो सम्झँदा नै पनि काँप्ने गर्छु,’ उनले सुनाइन्। ‘पछिल्लो तीन वर्षमा मेरो स्वास्थ्य निकै खराब भयो।’ त्यसलाई पनि उनको रोजगारदाताले अस्वीकार गर्‍यो। उनीहरूले थप समय काम गर्ने वा न्यूनतम ज्यालाका विषयमा आफूहरूले जापानको रोजगारदातासम्बन्धी कानुनबाट बाँधिएको बताए।

झाङले आफ्नो मोबाइलबाट खिचेका तस्बिरमा उनले काम गरेका लुगाका लेवल समेत देखाइन्। जसमा अन्तर्राष्ट्रिय डिजाइनरहरूका लेबलहरू( बार्निज न्यूयोर्क र कोम डे गार्सोँ आदि थिए। यी लुगा बनाउन गाह्रो भएकैले आफू त्यसो गर्न योग्य व्यक्तिको रूपमा उनीहरूको रोजाइमा पर्ने गरेको झाङले सुनाइन्।

प्रतिक्रिया दिनुहोस