
काठमाडौं। समय हुन्जेल चासो नराख्ने अनि जे काम पनि अन्तिममा हतार हतार गर्ने हामी नेपालीको आदत नै हो। त्यो बानी हाम्रा बैंक तथा वित्तीय संस्थाहरूले समेत नछाडेको देखिएको छ। बैंक वित्तीय संस्था सहित आज पौष २९ गते शुक्रबार १९ वटा कम्पनीले संस्थाको वार्षिक साधारण सभा आयोजना गरेका छन्।
नबिल बैंक लिमिटेडको ३८ औँ वार्षिक साधारण सभा सिल्भर ओके ब्याक्वेट तथा इभेन्ट सेन्टर गैह्रीधारामा आज (शुक्रबार) काठमाडौँमा बिहान १० बजे सुरु भइसकेको छ । नेपाल बैंकको ६३ औँ वार्षिक साधारण सभा बिहान ११ बजे प्रधान कार्यालय काठमाडौँमा हुँदै छ।
अर्को वाणिज्य बैंक एनआईसी एसिया बैंकको २५ औँ वार्षिक साधारण सभा बिहान ९ बजे देखी होटेल आनन्द तिलगङ्गा काठमाडौँमा चालु छ। माछापुच्छ्रे बैंकको २४ औँ वार्षिक साधारण सभा बिहान ११ बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौँमा बोलाइएको छ।
महालक्ष्मी विकास बैंकले २१ औँ वार्षिक साधारण सभा लैनचौर ब्याङ्क्वेटमा बिहान १० बजे, आइसिएफसी फाइनान्स कम्पनीको १९ औँ वार्षिक साधारण सभा अमृतभोग कालिकास्थान डिल्लीबजारमा काठमाडौँमा बिहान १० बजे देखी चलिरहेको छ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औँ वार्षिक साधारण सभा रजिष्टर्ड कार्यालय डिल्लीबजारमा १० बजे, सेन्ट्रल फाइनान्स कम्पनीको २६ औँ वार्षिक साधारण सभा हेड अफिस कुपोण्डोलमा बिहान १० बजे नै र मञ्जुश्री फाइनान्सको १५ औँ वार्षिक साधारण सभा बिहान ११ बजे थापागाँउ ब्याङ्क्वेट नयाँ बानेश्वर काठमाडौं आयोजना गरिएको छ। आरएसडिसी लघुवित्त वित्तीय संस्थाको नवौँ वार्षिक साधारण सभा एसियन होटेल बुटवलमा बिहान ९ बजे सुरु भयो।
हाइड्रो पावर कम्पनीहरूमा नेपाल हाइड्रो डेभलपरको १६ औँ वार्षिक साधारण सभा लिसारा रिसेप्सन नक्साल काठमाडौँमा बिहान ११ बजे देखी चलिरहेको छ।
हिमालयन पावर पार्टनरको दसौँ वार्षिक साधारण सभा अम्रपाली व्याक्वेट, भाटभटेनी, काठमाडौँमा बिहान ९ बजे सुरु भयो भने कालिका पावर कम्पनीको रजिष्टर्ड कार्यालय भरतपुर चितवनमा बिहान ११ बजे हुँदै छ। त्यसै गरी श्वेत गङ्गा हाइड्रोपावरको छैटौँ वार्षिक साधारण सभा बिहान ११ बजे कुण्डलिनी दरबार ब्याङ्क्वेट नयाँ चण्डोल काठमाडौं भइरहेको छ।
प्रिमियर इन्स्योरेन्स कम्पनीको लिसारा रिसेप्सन नक्साल, काठमाडौँमा बिहान ११ बजे सिद्धार्थ इन्स्योरेन्स कम्पनीको २१ औँ वार्षिक साधारण सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटीमण्डपमा बिहान ११ बजे हुँदै छ।
सिमेन्ट कम्पनी तर्फ शिवम् सिमेन्ट कम्पनीको सातौँ वार्षिक साधारण सभा होटेल सामना हेटौँडामा बिहान १० बजे सुरु भयो भने अर्घाखाँची सिमेन्ट्सको २४ औँ वार्षिक साधारण सभा बिहान ११ बजे अर्घाखाँची सिमेन्ट थापाथली काठमाडौँमा भइरहेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ४१ औँ वार्षिक साधारण सभा बिहान ११ बजे नेप्सेको कार्यालय काठमाडौँमा सुरु भएको छ।
प्रतिक्रिया दिनुहोस