aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

अमेरिकी डलरआज पनि घट्यो, कुन देशको नेपाली मूल्य कति छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ पुस २०७९
अमेरिकी डलरआज पनि घट्यो, कुन देशको नेपाली मूल्य कति छ ?
NIBL

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज अमेरिकी डलरको मूल्य भने घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ १९ पैसा र बिक्री दर १३० रूपैयाँ ७९ पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ ३ पैसा र बिक्री दर १४० रूपैयाँ ६७ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ २३ पैसा र बिक्री दर १५८ रूपैयाँ ९६ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १३९ रुपैयाँ ६४ पैसा र बिक्री दर १४० रुपैयाँ २८ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८९ रुपैयाँ ८७ पैसा र बिक्री दर ९० रुपैयाँ २८ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस