मेलम्चीमा महाभारत चर्किदै, सिनो हाइड्रोले माग्यो सुरक्षा - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

मेलम्चीमा महाभारत चर्किदै, सिनो हाइड्रोले माग्यो सुरक्षा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ भदौ २०७६
Sunrise bank
मेलम्चीमा महाभारत चर्किदै, सिनो हाइड्रोले माग्यो सुरक्षा
LBEF
NCH-IPS

काठमाडौं । चिनियाँ कम्पनी सिनो हाइड्रोले मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउन सरकारसँग सुरक्षा मागेको छ । श्रमिक, सप्लायर्स र स्थानीय ठेकेदारले आफ्नो रकम भुक्तानी नदिएसम्म काम अघि नबढाउन चेतावनी दिएपछि उसले सरकारलाई सुरक्षाका लागि गुहारेको हो।

यद्यपि सरकार र सिनो हाइडोबीच ठेक्का सम्झौता हुन बाँकी छ। 'स्थानीय ठेकेदारले भुक्तानी नदिएसम्म काम अघि नबढाउन चेतावनी दिएका रहेछन्,' खानेपानी तथा सरसफाइ मन्त्रालयका प्रवक्ता रितेशकमार शाक्यले भने, ‘यस विषयमा केही न केही निकास निस्कन्छ।’

त्यस विषयमा मेलम्ची आयोजना र स्थानीय ठेकेदारबीच कुराकानी भइरहेको उनले बताए। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीसमक्ष पनि स्थानीय ठेकेदारले भुक्तानी नदिएसम्म काम गर्न नदिने भन्दै निवेदन दिएको उनले बताए। 

‘सायद सिन्धुपाल्चोकका सीडीओलाई निवेदन दिएजस्तो लाग्छ,’ उनले भने, ‘यी सबै विषयमा मन्त्रालयका प्रतिनिधिले पनि छलफल गरिरहेका छन्।

श्रमिक, सप्लायर्स र स्थानीय ठेकेदार गरी १ हजार २ सयभन्दा बढीले भुक्तानी माग्दै आवेदन दिएको आयोजनाले जानकारी दिएको छ। 
इटालियन ठेकेदार सीएमसीले आफूलाई भुक्तानी नदिएको उनीहरूको दाबी छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस