मास्टर प्लान बनाएन गाउँ लुट्ने पक्राउ - Aarthiknews
aarthiknews.com मंगलबार, १४ माघ २०७६   Tuesday, 28 January, 2020
 
Bajaj_Bike

मास्टर प्लान बनाएन गाउँ लुट्ने पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ भदौ २०७६
मास्टर प्लान बनाएन गाउँ लुट्ने पक्राउ
LBEF

काठमाडौँ । सर्लाही, रौतहट र महोत्तरीका ३ सयभन्दा धेरैलाई कपाली तमसुक गरेर मिटर ब्याजमा ऋण दिँदै आएका श्याम प्रदेशी समातिएका छन् । उनलाई मलंगवा १० स्थित उनको घर छेवैबाट आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी गोपाल भट्टराईले जानकारी दिए।

एक पीडितको उजुरीपछि पक्राउ परेका प्रदेशीमाथि विस्तृत अनुसन्धान गरिने र प्रमाणहरूका लागि उनको घरमा खानतलासी लिइने भट्टराईले जनाए । प्रदेशीको मिटर ब्याजबाट पीडित ५३ जनाले यसैसाता काठमाडौँ आएर गृहमन्त्री रामबहादुर थापा र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए।

सपीडितका अनुसार प्रदेशीले १ सय ५० जनालाई १ करोड ९ लाख ५ हजार ऋण प्रवाह गरेका थिए। ऋणीहरूले साँवाव्याज गरी १ करोड ४७ लाख तिरिसक्दा पनि उनले साढे सात करोड तिर्न बाँकी रहेको कागज देखाउँदै आएका थिए। तीन वर्षयता प्रदेशीले ऋणीहरूसँग कैयौँ फर्जी कागज गर्ने, ऋण लिएको रकम दोब्बर तेब्बर भएको कागजी दाबी गर्ने, साँवाव्याज नतिर्नेलाई धम्काउने, यौन शोषणको प्रयास गर्ने र अदालतमा मुद्दा दर्ता गरेर पक्राउ पूर्जी जारी गराउने खेल चलाइरहेका थिए।

प्राप्त कागजातअनुसार १ सय ९९ जनालाई ऋण दिएको देखिन्छ। प्रदेशीमाथिको अनुसन्धानमा कनै कसर बाँकी नराखिने प्रदेश २ का डीआईजी प्रद्युम्न कार्कीले बताए। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस