८५ प्रतिशत एटीएमबाट चोरीको सम्भावना ! - Aarthiknews
aarthiknews.com सोमबार, २३ मंसिर २०७६   Monday, 09 December, 2019
 
Bajaj_Bike

८५ प्रतिशत एटीएमबाट चोरीको सम्भावना !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ भदौ २०७६
Sunrise bank
८५ प्रतिशत एटीएमबाट चोरीको सम्भावना !
LBEF
NCH-IPS

एजेन्सी। शनिबार नेपालमा एटीएमबाट हालसम्मकै सबैभन्दा ठुलो चोरीको घटना भयो । तर, नेपाल प्रहरीको सक्रियताको कारण पाँच जना चिनियाँ चोरहरु पक्राउ परे ।  यो घटनाले एटीएम कति सुरक्षित भन्ने प्रश्न एकातिर जन्माएको छ भने ह्याकरले सजिलै पैसा चोर्न सक्ने रहेछन् भन्ने खबर आम प्रयोगकर्ता बीच संचार भएको छ । 

के त्यसोभए एटीएम साँच्चै असुरक्षित नै हो ? यसको सुरक्षा स्थिति के हो ? लगायत धेरै जिज्ञासाहरु अहिले देखिएका छन् । अन्तराष्ट्रिय रुपमा गरिएको एक अध्यायन अनुसार लगभग ८५ प्रतिशत एटीएम मेसिनहरुबाट ह्याक गरेर वा तोडमोड गरेर सजिलै पैसा निकाल्न सकिन्छ । अन्त्रराष्ट्रिय समाचार संस्था सीएनबिसीले जनाए अनुसार  चिन्ताको कुरा अझ यो पनि हो कि यसरीअनधिकृत रुपमा पैसा निकाल्न चोरलाई २० मिनेट भन्दा बढी समय नै लाग्दैन ।

बैंक सुरक्षा बिज्ञ (सेक्युरिटी एक्पर्ट) हरुले बताए अनुसार यसरी एटीएमबाट पैसा चोरी हुनुमा चार प्रमुख कारणहरु जिम्मेवार छन् । संजाल सुरक्षामा अप्रयाप्त सावधानी,  अप्रयाप्त परिधिय (पेरिफेरियल) सावधानी, मेसिनको प्रणाली राम्रोसंग स्थापना नहुनु र मेसिन नियन्त्रण केन्द्रमा नै समस्या जस्ता कुरा यसका लागि जिम्मेवार रहने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस