
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तीन सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस