एस्सिडब्लुइसीले बर्मामा नेपाली उत्पादनको प्रदर्शनी  गर्दे - Aarthiknews
aarthiknews.com आइतबार, २९ भदौ २०७६   Sunday, 15 September, 2019
 

एस्सिडब्लुइसीले बर्मामा नेपाली उत्पादनको प्रदर्शनी  गर्दे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ भदौ २०७६
Sunrise bank
एस्सिडब्लुइसीले बर्मामा नेपाली उत्पादनको प्रदर्शनी  गर्दे
LBEF
NCH-IPS

वर्मा । सार्क चेम्बर महिला उद्यमी परिषद ,नेपाल  (एस्सिडब्लुइसी ) संग आबद्ध  महिला टोलीले नेपाली उत्पादनहरुको प्रबद्र्धन गर्ने उदेश्य सहित वर्माको याङ्गनमा प्रबद्र्धनात्मक  प्रदर्शनी गरिरहेको छ । 

वर्मा स्थित नेपाली राजदुताबासको निमन्त्रणामा एस्सिडब्लुइसि नेपालकी उपाध्यक्ष सरोजनि शेरचनको नेतृत्वमा १६ जना महिला उद्यमी सम्मिलित  सो टोलीले वर्माको याङ्गनमा प्रबद्र्धनात्मक  प्रदर्शनीको आयोजना गरेको हो । 

सो टोलीले वर्माको याङ्गनको पाइन ओ ओलीन शहरमा अवस्थीत नेपाली दुताबासको प्राङ्गणमा यही  भाद« १४ देखि १६ गते सम्म नेपालका  विभिन्न उत्पादनहरुको प्रबद्र्धनात्मक  प्रदर्शनीको आयोजना गरिरहेको छ ।  

सो प्रदर्शनीमा नेपाली हस्तकलाका सामाग्री , महिलाहरुले प्रयाग गर्ने  पोते , किलीप , चुरा , कुशन कभर , दौरा सुरुवाल , साडी र चोली , मखमली चप्पल , बिभिन्न प्रकारका हातले निर्माण गरेको हाते झोलाहरु , गाग्री , खड्कुलो जस्ता सामाग्रीहरुको प्रदर्शनीमा राखिएको छ ।  त्यसैगरी सो टोलीले बर्माका विभिन्न शहरहरुमा नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार गरी यस मुलुकबाट नेपालमा  पर्यटक भित्र्याउने  उदेश्य लिएको छ । 

सो सार्क चेम्बर महिला उद्यमी परिषद (एस्सिडब्लुइसी )  नेपाल सार्क चेम्वर अफ् कमर्श एण्ड् इण्डष्ट्रि मातहतको एकअंग हो जसको मुख्य उद्देश्य सार्क मुलुकहरुको महिला उद्यमीहरुलाई प्रोत्साहन तथा प्रर्बद्धन गर्ने रहेको छ । बिगत दश बर्ष देखि यो संस्थाले महिला उद्यमीहरुको हितका लगी बिभिन्न कदमहरु चाल्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस