एलआईसी नेपालको १८औं वार्षिकोत्सव सम्पन्न - Aarthiknews
aarthiknews.com शुक्रबार, २९ कार्तिक २०७६   Friday, 15 November, 2019
 
Bajaj_Bike

एलआईसी नेपालको १८औं वार्षिकोत्सव सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ भदौ २०७६
Sunrise bank
एलआईसी नेपालको १८औं वार्षिकोत्सव सम्पन्न
LBEF
NCH-IPS

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपालले) आज स्थापनाको १८औं वार्षिकोत्सव मनायो । देशभर रहेको ७४ शाखा कार्यालयहरुमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको छ । एलआईसी नेपालले सन् २००१ सेप्टेम्बर १ बाट आफ्नो व्यवसाय शुरु गरेको थियो । 

१८औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत  एलपी दासले एलआईसी नेपालको १८औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गर्दै एलआईसी नेपाललाई उत्कृष्ट बीमक बनाउन कार्य गर्ने सवै अभिकर्ता, बजार प्रतिनिधि, एजेन्सी म्यानेजर, कर्मचारी, बीमित, शेयरधनी लगायत शुभेच्छुकहरुप्रति धन्यवाद तथा आभार व्यक्त गरेका थिए । कम्पनीले आ.ब. २०७५/७६ मा  १३.४१ अर्ब कूल बीमाशुल्क आर्जन गरी रु. ५४.०१ अर्बको जीवन बीमा कोष निर्माण गर्न सफल भएको छ । 

प्रतिक्रिया दिनुहोस