aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

काठमाडौंमा आज वर्षकै सबैभन्दा चिसो, कहाँको मौसम कस्तो छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ पुस २०७९
काठमाडौंमा आज वर्षकै सबैभन्दा चिसो, कहाँको मौसम कस्तो छ ?
NIBL

काठमाडौं । काठमाडौंमा आज बिहानको तापक्रम ३.६ डिग्री सेल्सियसमा झरेको छ । दिउँसो बढेर १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद्ले जानकारी दिएका छन् । मौसमविद्का अनुसार काठमाडौंमा आज आंशिक बदलीदेखि मौसम समान्यतः सफा रहनेछ । 

जल तथा मौसम विज्ञान विभागले आज दिउँसो प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ को हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

हिमपात र बाक्लो हुस्सुरकुहिरो लाग्ने भएकाले दैनिक जनजीवन र सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने विभागको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस