aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

बुधबार तीन कम्पनीले गरे साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० पुस २०७९
बुधबार तीन कम्पनीले गरे साधारण सभा
NIBL

काठमाडौं । आज तीन कम्पनीले साधारण सभा गरेका छन् । चन्द्रागिरी हिल्स लिमिटेड, अपर हेवाखोला हाइड्रोपावर र सामलिङ्ग पावर कम्पनीले बिहीवार वार्षिक साधारण सभा आयोजना गरेका हुन् । 

चन्द्रागिरी हिल्स लिमिटेडले आगामीे १३ औं वार्षिक साधारण सभा कम्पनीको कार्यालय थानकोट परिसरमा बिहान ११ बजेबाट शुरु गरेको छ । सभाले गत आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुंग्याउनेछ ।

साथै संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचनसमेत सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा पुस ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन पाउनेछन् । 

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले ११औं वार्षिक साधारण सभा युनियन हाउस अनामनगर, काठमाडौंमा बिहान ११ बजे शुरू गर्ने निर्णय गरेको छ । सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुंगो लगाउनेछ ।

साथै संस्थापक शेयरधनीहरूबाट चारजना र सर्वसाधारण शेयरधनीहरूबाट दुई जनासमेत गरी ६ जना सञ्चालकको निर्वाचनसमेत सभाले गर्नेछ । सञ्चालक समितिबाट गरिएको स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदनसमेत सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गतेदेखि २१ गतेसम्म बुक क्जोज गरेको छ । बुक कलोजको आधारमा पुस ३ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् । 

सामलिङ्ग पावर कम्पनीले ज्वागल ब्यांक्वेट ललितपुरमा बिहान १० बजे साधारण सभा शुरू गर्ने जानकारी दिएको छ । सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै, आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस