छ्याङदी हाइड्रोको नाफामा छलाङ - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

छ्याङदी हाइड्रोको नाफामा छलाङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ भदौ २०७६
Sunrise bank
छ्याङदी हाइड्रोको नाफामा छलाङ
LBEF
NCH-IPS

काठमाडौं ।  छ्याङ्दी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७५/७६ मा ६९ लाख ३७ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आव २०७४/७५ को तुलनामा ३ दशमव ९५ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ६६ लाख ७३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । 

गत वर्ष कम्पनीको विद्युत विक्री आय भने घटेको छ । अघिल्लो आवमा ५ करोड ३१ लाख ७४ हजार रुपैया विद्युत विक्री आम्दानी गरेको कम्पनीले गत वर्ष  ५ करोड १४ लाख ४५ हजार रुपैयामात्र आम्दानी गरेको देखिन्छ । यस कम्पनीको चुक्तापूँजी  २७ करोड रुपैया छ । अघिल्लो वर्षभन्दा जगेडा कोष रकम ९९ प्रतिशतले बृद्धि भई गत आवसम्म  १ करोड ३९ लाख २६ हजार रुपैया कायम भएको छ । त्यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी  २ दशमलव ५७ रुपैया रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस