aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

२० प्रतिशत लाभांश प्रस्तावसहित मेरो माइक्रोफाइनान्सले बोलायो माघ ६ गते साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ पुस २०७९
२० प्रतिशत लाभांश प्रस्तावसहित मेरो माइक्रोफाइनान्सले बोलायो माघ ६ गते साधारण सभा
NIBL

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ६ दशौं वार्षिक साधारण सभा बोलाएको छ । पुस १३ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले क्राउन होटल हारती, नुवाकोटमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल २० प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

कम्पनीले गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि पुस २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुुस २१ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस