aarthiknews.com आइतबार, १४ जेठ २०८०   Sunday, 28 May, 2023
 

आज बिग्रँदै मौसम, हिमपात र कुहिरोबाट बच्न चेतावनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ पुस २०७९
Prabhu Bank
आज बिग्रँदै मौसम, हिमपात र कुहिरोबाट बच्न चेतावनी
NIBL

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले आज हिमपात र कुहिरोको खतरा रहेको औंल्याएको छ । आज बिहान प्रदेश–१, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ महाशाखाले जनाएको हो । 

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र गण्डकी प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ को हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

प्रतिक्रिया दिनुहोस