‘नाडा अटो शो २०१९’ तीन दिनमा ३८ हजारले गरे अवलोकन - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

‘नाडा अटो शो २०१९’ तीन दिनमा ३८ हजारले गरे अवलोकन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ भदौ २०७६
Sunrise bank
‘नाडा अटो शो २०१९’ तीन दिनमा ३८ हजारले गरे अवलोकन
LBEF
NCH-IPS

काठमाडाैं । भदौ १० गतेदेखि शुरू भएको नाडा अटो शो २०१९ मा तीन दिनमा लगभग ३८ हजार जनाले अवलोकन गरेका छन् । 

नाडा शोमा पहिलो दिन १० हजार, दोस्रो दिन १३ हजार, र तेस्रो दिन १४ हजार ८ सयले नाडा शो अवलोकन गरेको नाडा शोका प्रवक्ता अनुप बरालले बताए । नाडा शो अवलोकन गर्ने व्यक्तिहरूको प्रत्येक दिन भिड बढ्दै गएको छ । 

आइतबारसम्म चल्ने शोमा  १६० वटा स्टल राखिएको छ । नाडा शोमा  सर्वसाधारणलाई २ सय, विद्यार्थीलाई १५० रूपैयाँ टिकट काट्ने व्यवस्था रहेको छ भने अशक्त र ६५ वर्ष माथिका बृद्ध बृद्धालाई १०० रूपैयाँ लिने गरेको छ । 

नाडा शो प्रत्यक वर्ष गरिदै आएको छ । तर अरू बेलाको भन्दा यो वर्ष नाडा शो हेर्न आउनेको संख्या बृद्धि हुनुको साथै ग्राहकबाट सकारात्मक प्रतिक्रिया पाएको प्रवक्ताले बताए । 

यस वर्षको नाडा शोमा मा महंगा गाडि र मोटरसाइक संगै विद्युतिय सवारी साधनको पनि ग्राहक वर्गबाट राम्रो प्रतिक्रिया आएको आयोजक पक्षको भनाई छ । 

 
 

प्रतिक्रिया दिनुहोस