आइफोन प्रयोगकर्तालाई खुसीको खबर, फोन बिग्रंदा आत्तिनु नपर्ने - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

आइफोन प्रयोगकर्तालाई खुसीको खबर, फोन बिग्रंदा आत्तिनु नपर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ भदौ २०७६
Sunrise bank
आइफोन प्रयोगकर्तालाई खुसीको खबर, फोन बिग्रंदा आत्तिनु नपर्ने
LBEF
NCH-IPS

एजेन्सी । आइफोन प्रयोगकर्ताले अहिले सम्म भोग्दै आएको एक महत्वपूर्ण समस्याबाट अब मुक्ति पाउने भएका छन् ।  वारेन्टी सकिएपछी फोनमा कुनै समस्या देखिएमा बनाउन एप्पलकै सर्भिस सेन्टरमा जानुपर्ने बाध्यता अब अन्त्य हुने भएको छ ।

अब एप्पलले आइफोनका अधिकारिक पार्ट्सहरु अब स्वतन्त्र रिपेयर सेन्टरलाई पनि बिक्रि गर्न दिने निर्णय गरेपछी आइफोनका प्रयोगकर्ताले खुसि व्यक्त गरेका छन् । फोनमा कुनै खराबी देखिएमा सर्भिस सेन्टर कहाँ होला भनेर आत्तिनुपर्ने अवस्थाबाट प्रयोगकर्ताले राहत पाउने भएका हुन् । हालसम्म एप्पलले आफ्ना असली पार्ट/पुर्जा आफ्नै मर्मत केन्द्रमा मात्र राख्ने गरेको थियो ।

आफ्ना ग्राहकको सुबिधालाई ध्यानमा राख्दै एप्पलले स्वतन्त्र रिपेयारिंग सेन्टरलाई पनि आधिकारिक सर्भिस प्रोभाईडरको मान्यता दिने योजना बनाएको हो । हाललाई अमेरिकामा मात्र प्रयोग गरिएको यस्तो सुबिधा चांडै विश्वभर बिस्तार गरिने आइफोन उत्पादक कम्पनीले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस