साताको अन्तिम  कारोबार पनि नेप्सेमा गिरावट - Aarthiknews
aarthiknews.com विहीबार, ०२ असोज २०७६   Thursday, 19 September, 2019
 

साताको अन्तिम  कारोबार पनि नेप्सेमा गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ भदौ २०७६
Sunrise bank
साताको अन्तिम  कारोबार पनि नेप्सेमा गिरावट
LBEF
NCH-IPS

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १.३३ अंकले ११९६.४१ बिन्दूमा पुगेको छ । बिहीबार कुल १७० कम्पनीको ९ लाख ७५ हजार कित्ता शेयर २७ करोड ७३ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको छ ।  कारोबारमा आएका समूहमध्ये बैंकिङ र विकास बैंक समूहको परिसूचक झिनो अंकले बढेका छन् भने अन्य बाँकी सबै समूहको परिसूचक घटेको छ ।
समग्र परिसूचकमा गिरावट आएको दिन नेप्सेमा कुमारी बैंकको कारोबार सबैभन्दा धेरै भएको छ । यस बैंकको १ करोड ६२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
त्यस्तै सबैको लघुवित्त कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब १०  प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै युनाइटेड फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब साढे ६ प्रतिशतले घटेको छ ।
 

प्रतिक्रिया दिनुहोस