गुगलले स्मार्टफोनको कारखाना चीनबाट सार्दै - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

गुगलले स्मार्टफोनको कारखाना चीनबाट सार्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ भदौ २०७६
Sunrise bank
गुगलले स्मार्टफोनको कारखाना चीनबाट सार्दै
LBEF
NCH-IPS

एजेन्सी । गुगलले आफ्नो पिक्सेल स्मार्टफोनको उत्पादन कारखाना चीनबाट भियतनाम सार्ने भएको छ ।

दक्षिणपूर्वी एसियामा सस्तो मूल्य श्रृंखला निर्माणका लागि गुगलले भियतनामा कारखाना स्थापना गर्ने निर्णय गरेको हो । यही वर्षबाटै कारखाना सार्ने कार्यको सुरुवात हुनेछ ।

पछिल्लो समयमा अमेरिका र चीनबीचको व्यापार युद्धका कारण करलगायतका खर्चमा भएको वृद्धिका साथै चीनमा श्रमिकको ज्यालामा बढोत्तरीका कारण गुगलले यस्तो निर्णय गर्नुपरेको बताइएको छ ।

गुगलले पिक्सेल फोन मात्र नभई स्मार्ट स्पिकर गुगल होमको उत्पादन पनि चीनबाट बाहिर सार्ने योजना बनाएको छ । सबैभन्दा पहिले यो वर्षको अन्त्यसम्ममा पिक्सेल थ्री ए फोनको उत्पादन चीनबाट भियतनाम सारिनेछ ।

गुगलले यो वर्ष ८० लाख देखि १ करोडको संख्यामा पिक्सेल स्मार्टफोन बिक्री गर्ने योजना बनाएको छ । जुन अघिल्लो वर्षभन्दा दोब्बर हो ।

गुगलको स्मार्ट स्पिकरको उत्पादनमध्ये केही चीनबाट थाइल्याण्डमा सार्ने गुगलको योजना छ । यद्यपि, कम्पनीको नयाँ प्रोडक्ट विकास तथा हार्डवेयरको सुरुवाती उत्पादन भने चीनमै हुनेछ ।

यद्यपि, गुगलले यसबारेमा अहिलेसम्म आधिकारिक रूपमा केही पनि बताएको छैन ।

प्रतिक्रिया दिनुहोस