
काठमाडौं । अपर तामाकोशी हाइड्रो पावर लिमिटेडको १ः१ को अनुपातमा हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । एक सयका दरले साबिकका शेयरधनीहरूलाई जारी गर्नलागेको प्रतिशेयर १०० दरले हुने १०‚५९‚००‚००० कित्ता हकप्रद साधारण शेयरको हुने रकम दश अर्ब उनान्साठ्ठी करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्न विक्री प्रबन्ध सेवाको लागि नागरिक लगानी कोषलाई नियुक्त गरेको छ।
नागरिक लगानी कोष र अपरतामा कोशी हाइड्रोपावर लिमिटेडबीच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सेवा प्रदान गर्नको लागि विहीबार दुर्इ पक्षिय सम्झौता–पत्रमा हस्ताक्षर भएको छ। नागरिक लगानी कोषले आफु मुख्य निष्काशन तथा विक्री प्रवन्धक भई सनराइज क्यापिटल लिमिटेड सहनिष्काशन तथा विक्री प्रवन्धकको रुपमा नियुक्त्त गरेको छ।
प्रतिक्रिया दिनुहोस