aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

प्रदर्शनीफीन इलेक्ट्रो–२०२२ टेक मेलामा ७० हजारले अवलोकन गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ मंसिर २०७९
प्रदर्शनीफीन इलेक्ट्रो–२०२२ टेक मेलामा ७० हजारले अवलोकन गरे
NIBL

काठमाडौं । विद्युतीय सामग्रीहरुको बृहत् प्रदर्शनीफीन इलेक्ट्रो टेक–२०२२ मा ७० हजारले अवलोकन गरेका छन । नेपाल विद्युत व्यवसायी महासंघले मंसिर २२ गतेदेखि काठमाडौं भृकुटीमण्डपमा आयोजना गरेको मेला २५ गते आइतबारसम्म चलेको थियोे । मेलाको अन्तिम तथा चौंथो दिन आइतबार १६ हजार भन्दा बढीले अवलोकन गरेका थिए  ।

मेला आयोजक, विद्युतीय सामग्रीका उत्पादक र सर्वसाधारणमा उत्साह बढाएका थिए । कलाकारहरु शिवहरि पौडेल, दीपाश्री निरौला, सुरजसिंह ठकुरी लगायतकलाकारहरुले मेला अवलोकन गरेका थिए साथै विभिन्न ब्राण्डका उत्पादनहरुको प्रवर्द्धनमा सघाएका थिए । मेलामा लक्ष्यभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहेको आयोजकले जनाएको छ  । फीनइलेक्ट्रो टेक–२०२२ मा करिव ६० हजार जनाले अवलोकन गर्ने लक्ष्य लिइएको थियो । 

  एप्पल ग्रुपको विनय स्वीचले प्रथम स्थान हासिल गरेको थियो भने एनजी इलेक्ट्रिकल्सको इलेक्ट्रा इलेक्ट्रिक दोस्रो र प्रिमियर ओभरसिजको ओरिएन्ट र मित्तल ओभरसिजको ग्रेट व्हाइट तेस्रो भएका थिए । मेलाका क्रममा फीनकापूर्व अध्यक्षएवं इलेक्ट्रो टेक–२०१२ का संयोजक रामबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो । यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीलाई पनि सम्मान गरिएको थियो ।  
 

प्रतिक्रिया दिनुहोस