aarthiknews.com शुक्रबार, २० माघ २०७९   Friday, 03 February, 2023
 
kalapathar

अर्थमन्त्रीले उद्योगी व्यापारीलाई यसरी किन थर्काए ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ मंसिर २०७९
nabil bank
kispangmun.gov.np/
अर्थमन्त्रीले उद्योगी व्यापारीलाई यसरी किन थर्काए ?
bhotekoshimun.gov.np/
LBF

काठमाडौं । अर्थमन्त्री जनार्दश शर्माले नेपालको आर्थिक विकास र समृद्धिको मुख्य पाटो भनेको नै उर्जा विकास रहेको बताएका छन् । बिहिबार ‘फिन इलेक्टोटेक २०२२’ उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । विहीबार अर्थमन्त्रीले सरकारलाई व्यापारीहरुले झुक्याएको भन्दै राज्यको लगानी धेरै भएको तर, व्यापारीहरुले देखासिखीमात्रै गर्ने काम भने नगर्ने प्रवृतिको विकास भइरहेको भन्दै आक्रोशित भए । 

कार्यक्रममा बोल्दै उनले भने, ‘विद्युतीय सामग्रीहरु हाम्रा माध्यम पनि हुन र औजार पनि हुन जसले इनर्जीलाई वस्तुमा बदल्न मद्दत गर्दछ । विद्युतीय सामाग्रीहरुको प्रयोग गरेर उत्पादन भएको विद्युत खपत बढाउन सक्छौं । नेपालको आर्थिक विकास र समृद्धिको मुख्य पाटो भनेको नै उर्जा विकास हो ।’

उर्जा क्षेत्रमा ढुक्कका साथ लगानी गर्न व्यवसायीहरुलाई अर्थमन्त्री शर्माले आग्रह समेत गरे । यसका लागि आवश्यक पर्ने नीति तथा निर्देशन दिन तयार रहेको उनले बताए । व्यवसायीहरुले उठाएका विषयमा सरकारले सम्बोधन गर्ने समेत उनले आश्वासन दिए ।

हाम्रो देशको आर्थिक विकास व्यापार घाटा लगायतका कुराहरुलाई समाधान गर्न उर्जा क्षेत्र प्रमुख साधन रहेको समेत उनले बताए । नेपालमा उत्पादन भएका वस्तुहरु सरकारले प्राथमिकता दिनुपर्ने उनको भनाई छ ।

नेपालको अर्थतन्त्रलाई अगाडी बढाउनका लागि पर्याप्त सम्भावनाहरु रहेको बताउँदै उनले भने, ‘हामीसँग पर्याप्त स्रोत र साधन छ । जनशक्तिको पनि अभाव छैन । प्रकतिले हामीलाई धेरै कुरा दिएको छ । अबको टेक्नोलोजीलाई हामीले सजलै प्रयोग गर्न सक्छौं । यसका लागि हाम्रो मेहनतको मात्रै आवश्यक छ ।’ 

उत्पादनको वृद्धि नगरी, उत्पादन भएका सामानको उपभोगको वृद्धि नगरी हामी देशको आर्थिक  विकास गर्न नसकिने उनको भनाई छ । यसो गर्न नसके अर्थतन्त्र बलियो बनाउन नसकिने समेत उनले बताए 

साथै उनले नेपालमा पूर्वाधार निर्माणको काम समयमा समाप्त नहुने समस्या रहेको बताए । कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले भने, ‘विद्युत पर्यटन र सडक क्षेत्रमा गरिएको लगानीहरुबाट पर्याप्त प्रतिफल आएको छैन । यिनीहरुको प्रतिफल आएपछि अर्थतन्त्रलाई चलायमान बनाउने छन् । पुर्वाधार निर्माण समयमा समाप्त नहुने समस्या छ । यसमा कतिपय सरकार पक्षको पनि कमि कमजोरी छ । यससँगै अन्य तमाम कुराहरुले पनि समस्या बनाएको छ ।’

प्रतिक्रिया दिनुहोस