नेपाल पुनर्बीमा कम्पनीको नाफा निर्जीवन व्यवसायमा बढी - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

नेपाल पुनर्बीमा कम्पनीको नाफा निर्जीवन व्यवसायमा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ भदौ २०७६
Sunrise bank
नेपाल पुनर्बीमा कम्पनीको नाफा निर्जीवन व्यवसायमा बढी
LBEF
NCH-IPS

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वषमा जीवन व्यवसायबाट भन्दा निर्जीवन व्यवसायबाट बढी नाफा गरेको छ । गत वर्ष कम्पनीले निर्जीवन बीमा व्यवसायबाट ९८ करोड ६८ लाख ६९ हजार खुद नाफा गरेको थियो । यो नाफा अघिल्लो आवमा  ७८ करोड ६६ लाख ४२ हजार थियो । नेपालमा हाल २० निर्जीवन बीमा कम्पनीहरुले बीमा व्यवसाय सञ्चालन गरिरहेका छन् ।

त्यस्तै जीवन बीमा व्यवसायबाट कम्पनीले गत आवमा  १९ करोड ११ लाख ६५ हजार मुनाफा गरेको  छ । यो नाफा अघिल्लो आवमा १७ करोड ९७ लाख ६८ हजार थियो । गत वर्ष कम्पनीले निर्जीवन बीमा व्यवसायबाट  ५ अर्ब १२ करोड ३२ हजार र जीवन बीमा व्यवसायबाट ४० करोड ७३ लाख ७७ हजार खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्ष कम्पनीले  ३१ करोड ५ लाख ५७ हजार पुनर्बीमा कमिशनबाट आम्दानी गरेको छ ।
कम्पनीको चुक्ता पुँजी  ८ अर्ब ४० करोड रहेको छ । जगेडा कोषमा २ अर्ब ९६ करोड ६ लाख ४६ हजार छ । यस कम्पनीले १ करोड ६० लाख कित्ता आईपीओ जारी गर्ने तयारी गरेको हो । 

प्रतिक्रिया दिनुहोस