
काठमाडौं । २६ वटा सवारी चालक अनुमती पत्र निलम्बन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले २६ ओटा सवारी चालक अनुमति पत्रहरू निलम्बनका लागि बुधबार यातायात व्यवस्था विभाग मिनभवन पठाएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच (५) पटकभन्दा बढी उल्लंघन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको प्रहरीले जनाएको छ ।
निलम्बनका लागि पठाईएका मध्ये एक जना चालकले ३८ पटक सम्म सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सह–प्रवक्ता अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस