नेप्सेमा दोहोरो अंकको गिरावट - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

नेप्सेमा दोहोरो अंकको गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ भदौ २०७६
Sunrise bank
नेप्सेमा दोहोरो अंकको गिरावट
LBEF
NCH-IPS

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बुधबार दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक १०.२६ अंकले घटेर ११९७.७५ बिन्दूमा झरेको छ । 
कुल १६८ कम्पनीको १३ लाख २१ हजार ४८६ कित्ता शेयर ३७ करोड २४ लाख १७ हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ । समग्र परिसूचक घटेको दिन आरएमडीसी माइक्रो फाइनान्स कम्पनीको संस्थापक शेयर सबैभन्दा बढी १० करोडभन्दा बढीको कारोबार भएको छ ।  त्यस्तै सबैको लघुवित्त कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको झण्डै १० प्रतिशतले शेयर मूल्य बढेको छ । सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर करिब ५ प्रतिशतले घटेको छ ।
 

प्रतिक्रिया दिनुहोस