aarthiknews.com विहीबार, १९ माघ २०७९   Thursday, 02 February, 2023
 
kalapathar

आगलागीबाट १८ लाख भन्दाबढिको धनमाल जलेर नष्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ मंसिर २०७९
nabil bank
kispangmun.gov.np/
आगलागीबाट १८ लाख भन्दाबढिको धनमाल जलेर नष्ट
bhotekoshimun.gov.np/
LBF

काठमाडौं । देशका विभिन्न ठाउँमा आगलागी हँदा १८ लाख रुपैयाँ भन्दा बढिको धनमाल जलेर नष्ट भएको छ । काठमाडौं महानगरपालिका ११ बंशिघाट बस्ने बाल कृष्ण महर्जनको टहरामा विद्युत सर्ट भई गएराति आगलागी भएकाे छ ।

आगलागी हुँदा सोही टहरामा पसल संचालन गरी बस्ने कंन्चनपुर भिमदत्त नगरपालिका ९ घर भएका २५ वर्षीय रिकु नाथको पसल जलेर करिब ५ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै, नवलपरासी (पश्चिम),प्रतापपुर गाउँपालिका ५ बेतानीस्थित सोही गाउँपालिका ५ बसहिया बस्ने बैलास सिंह लगायत ७ जनाले १० बिगाहा खेतमा लगाएको उखुँबारीमा आइतबार दिउँसो आगलागी हुँदा करिब १२ लाख ९८ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

त्यसैगरी रूपन्देहीको बुटवल उपमहानगरपालिका ८ स्थित बुटवल मण्डपमा पार्किङ गरी राखेको लु।१ च ४२२१ नम्बरको एम्बुलेन्समा अक्सिजनको सिलिण्डर फेर्ने क्रममा आइतबार दिउँसो आगलागी हुँदा एम्बुलेन्स पूर्णरुपमा जलेर क्षति भएको छ ।

साथै आगलागीमा जलेर घाइते भएका एम्बुलेन्स चालकको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस