
काठमाडौं । अत्यन्त रोचक बनेको दोलखाको मतगणना झन् रोचक बनेको छ । मुख्य निर्वाचन अधिकृतले दिएको पछिल्लो विवरण अनुसार यहाँ नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा देखिएको हो ।
अहिलेसम्म यहाँ ७८ हजार ३ सय ४६ मत गणना भएको छ । एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले ३३ हजार ९ सय ३९ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका गंगा कार्कीले ३३ हजार ९ सय ९ मत प्राप्त गरेका छन् ।
सुरुदेखि नै रोचक बन्दै गइरहेको यहाँको प्रतिस्पर्धामा पछिल्लो मतपरिणाममा झनै रोचक बन्दै गएको छ । अहिले कार्कीभन्दा शिवाकोटी ३० मतले अघि रहेको निर्वाच्न अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस