aarthiknews.com विहीबार, १९ माघ २०७९   Thursday, 02 February, 2023
 
kalapathar

रवि लामिछाने अमेरिकी नै हुन् ? नागरिकता छानबिनले ल्यायो तरंग

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • सोमबार, १९ मंसिर २०७९
nabil bank
kispangmun.gov.np/
रवि लामिछाने अमेरिकी नै हुन् ? नागरिकता छानबिनले ल्यायो तरंग
bhotekoshimun.gov.np/
LBF

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अग्रसरता देखाएको छ । आयोगले लामिछानेको नागरिकता र राहदानी छानबिन गर्न गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

आयोगमा दर्ता भएको उजुरीलाई आधार मानेर सम्बन्धित मन्त्रालयलाई अनुसन्धान गर्न पत्र पठाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । अख्तियारले भ्रष्टाचारका विषयमा अनुसन्धान गर्ने भएकाले नागरिकतासम्बन्धी विवाद के हो भनी पत्र पठाएको उनले बताए ।

आयोगमा लामिछाने सन् २०१८ सम्म अमेरिकी नागरिक रहेको तर उनले सन् २०१५ मै नेपाली राहदानी लिएको भन्दै सो विषयमा संलग्नमाथि छानबिन गर्न माग गरिएको थियो । रविले सन् २०१४ मा अमेरिकी राहदानी लिएर नेपाल आएर सन् २०१५ मा नेपाली राहदानी लिएको पाइएको छ ।

एउटा देशको नागरिकता खारेज नहुँदै अर्को देशको नागरिकता लिन र राहदानी लिन पाइँदैन । लामिछानेले भने सन् २०१४ मा अमेरिकी राहदानी लिएर सन् २०१५ मै नेपाली राहदानी पनि लिएको देखिन्छ । विदेशी राहदानी नै खारेज नभई उनले कसरी नेपाली राहदानी लिए भन्ने विषयमा गृह र परराष्ट्रले अब छानबिन प्रक्रिया अगाडि बढाउनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेको नागरिकता र राहदानी विवाद’दयगत नेपाल प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।

लामिछानेले पहिलोपटक २०५० सालमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता निकालेका थिए । अमेरिका गएपछि उनले त्यतैको नागरिकता लिएपछि ‘नेपाली नागरिकता’ खारेजी भयो । नेपाली नागरिकता खारेजीपछि उनले पुनः नागरिकता लिन चाहेमा पुरानो नम्बरमा नयाँ नागरिकता पाउँछन् ।

तर, उनले अझै पनि २०५० सालमा जारी नागरिकताले नै काम चलाइरहेका छन् । अहिले उनको सोही नागरिकताको वैधतामाथि प्रश्न उठेको हो । लामिछानेले नागरिकता विषयमा ‘आत्महत्या दुरुत्साहनसम्बन्धी अभियोग लगाउँदा अदालतले टुंगो लगाइसकेको’ जनाए पनि फैसलामा भने ‘नागरिकता विषयमा कुनै कुरा उल्लेख गरेको’ पाइँदैन ।

फैसलामा आत्महत्या दुरुत्साहन विषयमा मात्रै विवेचना गरिएको छ । लामिछानेको नागरिकता विवाद उठ्दा पहिलो कुरा उनले ‘अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता त्यागेका थिए कि थिएनन् रु’ भन्ने प्रश्न उठ्छ । अमेरिकी नागरिकता लिइसकेपछि नेपाली नागरिकता स्वतः खारेज हुनेछ । किनकि, दोहोरो नागरिकता लिन पाइने व्यवस्था छैन ।

लामिछानेले नेपाली नागरिकता त्यागेको जानकारी नदिएर अमेरिकी नागरिकता लिएको भए उनको इमानदारितामाथि प्रश्न उठाउन सकिन्छ । दोस्रो उनले बारम्बार ‘आफूले अमेरिकाको नागरिकता त्यागेको’ बताउँदै आएका छन् । तर, अमेरिकी कानुनअनुसार उनले ‘नागरिकता त्याग प्रक्रिया पूरा गरेर प्रमाणपत्र प्राप्त गरेका छन् कि छैनन रु

भन्ने प्रश्न उठ्छ । रवि लामिछानेले भने ‘अमेरिकी नागरिकता त्याग गरेको’ बारम्बार दाबी गर्दै आएका छन् । त्यसअनुसार उनले प्रक्रिया सुरु गर्न आवश्यक दस्तुर २ हजार ३ सय ५० अमेरिकी डलर सन् २०१८ मा तिरेको रसिद सार्वजनिक भएको छ । तर, ‘अमेरिकी नागरिकता त्याग प्रक्रिया पूरा भयो कि भएन ?’

त्यसको प्रमाण सार्वजनिक गरिएको छैन । अमेरिकी कानुनअनुसार ‘संयुक्त राज्य अमेरिकाको नागरिकता परित्याग गर्न चाहेको व्यक्तिले इमिग्रेसन एन्ड नेसन्यालिटी एक्टको सेक्सन ३४९ (ए) (५) तथा ७ फरेन अफियर्स म्यानुअल १२६०’ प्रक्रिया पूरा गरेको हुनुपर्छ । रविले पुनः नेपाली नागरिकता प्राप्त गर्न नेपालको कानुनअनुसार ‘प्रक्रिया पूरा गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस