
हामी मान्छे बिरामी भयौं भने हस्पिटल जान्छौं । तर, घर बिरामी भए कहाँ जाने त ? हो, जसरी हामी बिरामी भयौं भने हामीलाई अप्ठ्यारो हुन्छ त्यस्तैगरी पनि बिरामी हुन्छ । बिरामी घरमा बस्नु आफू र आफ्नो परिवारको लागि जोखिमपूर्ण हुने गर्दछ ।
सुन्दा पनि अनौठो लाग्दै छ होला घर पनि बिरामी हुन्छ भनेर तर, भित्ता रसाउने वा फुल्ने, पानी चुहिने, चर्कने , पेन्ट उप्कने आदि बिरामी घरको लक्षण हुन्।
तपाईँको घर, अफिस एवं व्यावसायिक भवनको सुरक्षा गर्ने उद्देश्यले स्किल सेवा अर्थात् तपाईँको घरको डाक्टरको स्थापना भएको हो । घरमा प्राय जसो दैनिक रूपमा देखिने समस्याको एकमुष्ट समाधान स्किल सेवा हो । त्यसैले पनि ग्राहकहरूले नै जुराइदिएको उपनाम हो, तपाइको घरको डाक्टर
दक्ष, योग्य, विशेषज्ञ प्राविधिक जनशक्तिले हाइ–टेक डिभाइसको प्रयोगबाट घरको चेकजाँच गरी समस्या पत्ता लगाउने गरिन्छ । समस्याको कारण पत्ता लगाउने र समस्याको समाधान गर्नमा स्किल सेवा अग्रपङ्गितिमा रहेको छ । बिशेषगरि उपत्यकाको ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा आफ्नो अनवरत सेवा दिई रहेको छ भने उपत्यका बाहिर पोखरामा पनि गुणस्तरीय सेवा सञ्चालन भइरहेको छ ।
संस्थापक रामशरण विक्रम थापा भन्छन्, ‘तुलनात्मक रूपमा काठमाडौंमा भन्दा पोखरामा समस्यायुक्त घर बढी छन् । समस्या चेकजाँच गराउन चाहनुहुने धेरै ग्राहकसम्म समयमै सेवा समेत दिन सकिरहेका छैनौँ ।’ कम्पनीले अन्य मुख्य सहरहरूमा पनि आफ्नो शाखा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । करिब ४०० भन्दा बढी पार्ट टाइम स्टाफ र ६० भन्दा बढी स्टाफ फुल टाइम काम गरी रहेको यस कम्पनीको मुख्य कार्यालय काठमाडौंको बबरमहलमा छन् भने पोखरा शाखाको कार्यालय जिरो किलो, बिशालमार्गमा रहेको छ ।
३० हजारभन्दा बढी बिरामी घरहरूको चेकजाँच गरी सकेको यस कम्पनी नेपालकै पहिलो रजिष्टार Home Inspection कम्पनी हो । ‘कम्पनीमा प्राय टेक्निकल क्षेत्रका साथीहरू हुनुहुन्छ,हामी ३ संस्थापक पनि टेक्निकल फिल्डकै छौँ त्यसैले गर्दा पनि कम्पनीको अन्य व्यवस्थापन पाटोमा हाम्रा केही कमजोरी हुन सक्छन् तथापि प्राविधिक पाटोमा भने हामी नम्बर १ दाबी गर्न सक्छौँ’, सिइओ रमेश तिमिल्शिना भन्छन् ।
स्किल सेवाको सेवा लिनका लागि कम्तीमा ५ दिन अघि नै बुक गराउन पर्दछ। बुकिङ कन्फर्म भैसके पश्चात तय भएको मिति र समयमा इन्जिनियर Hi-Tech Device सहित Home Inspection का लागि पुग्नेछन् र घरधनीले बताएको समस्या बमोजिम पूरा घरको निरीक्षण गर्दछन् । घर inspection गरेको ४८ घण्टा भित्र घरधनीले एउटा रिपोर्ट पाउनेछन् ।
जसमा समस्या, समस्याको स्रोत,समस्याको कारण, त्यस समस्याले निम्ताउन सक्ने सम्भावित क्षति र समस्या समाधान गराउन लाग्ने खर्च समेत उल्लेख गरिएको हुन्छ । यी सबै विधि र प्रक्रियामा हुने Inspection को सेवा शुल्क रू २००० पर्दछ । आफ्नो घर जाँच गराउन चाहनुहुने घरधनीले स्किल सेवाको अफिसियल नम्बर 01-5915757, 9801886644 र वेबसाइट www.skillsewa.com मार्फत समेत बुक गराउन सक्नुहुन्छ । स्किल सेवाले कम्तीमा ५ वर्षको वारेन्टी दिई समस्या समाधान गर्ने गर्दछ।
यी सँगै स्किल सेवाका फरक फरक सेवाका प्याकेजहरू छन् । सिपेज इन्सपेक्सनमा घरका भित्ताबाट पानी भित्र छिर्नु, छत चुहिनु, फुल्नु आदि समस्या सिपेज हो । जसले गर्दा तपाई को घरको भित्ता वा छत कमजोर मात्र नभई बस्न योग्य हुँदैन । फलस्वरूप तपाईँको घर जीर्ण, भद्धा, कुरुप बन्ने गर्दछ ।
दक्ष इन्जिनियर तथा सिपेज इन्सेपेक्टरहरुले हाइ–टेक डिभाइसको प्रयोग गरी घरको चेकजाँच गर्ने गर्दछन् । समस्याको मुख्य कारण पत्ता लगाई त्यसको समाधान दिगो समाधान पनि गर्ने गरिन्छ । घरको चेकजाँच गराए पछि विस्तृत रिपोर्ट प्राप्त गर्नुका साथसाथै कम्पनीसँग समस्या समाधान गराउन पनि सकिनेछ । स्किल सेवाले सिपेज चेकजाँच गरेर रिपोर्ट बनाए बापत कमरसियल घरहरूको चार हजार र आवासीय घरहरूको हकमा दुई हजार सेवा शुल्क लिने गर्दछ ।
त्यस्तै, संरचनागत इन्सपेसन अन्तर्गत संरचनात्मक इन्जिनियरद्वारा गरिने निरीक्षण हो । घर वा भवनको भार वहन गर्ने तत्त्वहरू जस्तै जग, जोइन्ट, बीमहरू, ट्रसहरू वा स्तम्भको सुदृढता पुष्टि गर्नका संरचनागत इन्सपेसन गर्ने गरिन्छ । संरचनागत इन्सपेसन गर्दा भविष्यमा हुन सक्ने भूकम्प, हावाहुरी, आगलागी जस्ता सम्भावित जोखिमबाट आफ्नो घर परिवारलाई सुरक्षित राख्न सकिन्छ ।
रिमोडलिङ्ग इन्सपेक्सनमा यदि तपाईँको घर पुरानो भयो, पुरानो घर घर किन्नु भएको छ वा तपाई आफ्नो इच्छा अनुसार घरलाई रिमोडेलिङ्ग गर्न चाहनुहुन्छ भने यसको लागि स्किल सेवाले द्दम् र घम् घरको नक्सा समेत बनाउने गर्दछ । तपाई आफूले चाहे बमोजिम घरमा कोठा ,किचन,बाथरुम,स्विमिङ्ग पुल, बगैँचा, पार्किङ थपघट गर्न मिल्छ मिल्दैन । मिल्छ भने त्यसलाई कसरी बनाउँदा इन्जिनियरिङ तवरले उत्तम हुन्छ र मिल्दैन भने पनि त्यसका विकल्पहरू के के हुन सक्छन् भन्ने कुरा यस इन्सपेक्सनबाट थाहा पाउन सकिन्छ यसका साथै Budget Estimation र 2D डिजाइन यस प्याकेजको थप फाइदाहरू हुन् ।
फुल इन्सपेक्सनमा फुल इन्सपेक्सनमा घरको सम्पूर्ण चेकजाँच गर्ने गरिन्छ । यदि तपाई घर किन्दै हुनुहुन्छ भने घरको फुल इन्सपेक्सन गर्न आवश्यक हुने गर्दछ । जसको कारणले तपाई घरको पुरा अवस्थाको बारेमा सजिलैसँग जानकारी पाउन सक्नेछन् । आफ्नो मेहनत र पसिनाको कमाई सही घरमा लगानी गर्न सक्नेछन् । त्यसको लागि स्किल सेवाले फुल इन्सपेक्सन प्याकेज अन्तर्गत तपाईँको घरको जाँच गर्ने गर्दछ । यस भित्र तपाईँको घरका सम्पूर्ण भागहरूको चेकजाँच गर्ने गरिन्छ जस्तै, भित्ता, जग ,जोइन्ट, बीमहरू, ट्रसहरू, इलेक्ट्रिक, प्लम्बिङ्ग वा स्तम्भका आदि रहेका छन् ।
कन्स्ट्रक्सन इन्सपेक्सनमा कन्स्ट्रक्सन आरम्भ गर्दादेखि निर्माण कार्य सम्पन्न नहुँदासम्म इन्स्पेक्टरको प्रत्यक्ष निगरानीमा निर्माण गर्ने कार्यलाई कन्स्ट्रक्सन इन्सपेक्सन भनिन्छ । सुरक्षित आवास निर्माण गर्ने घर निर्माण पश्चात आइपर्ने समस्याहरूको निराकरण गर्ने हेतुले स्किल सेवाले निमार्ण पूर्व र निर्माण अवधिमा प्रत्यक्ष निगरानीमा काम गर्ने गर्दछ । तपाईँले यो सेवा प्याकेजको रूपमा पनि लिन सकिने छ ।
पेन्टिङ इन्सपेक्सनमा घर निर्माण गर्नु जति महत्त्वपूर्ण कार्य हो घरमा रङ्ग लगाउने काम पनि हो । रङ्ग मानिसको मनोविज्ञानसँग जोडिएको हुन्छ । घरको रङ्गसँग तपाईँका मनका भावनाहरू साटिएका हुन्छन् । यदि तपाइको घरको भित्ता पेन्ट निस्किने समस्या छ र त्यसको समाधान नगरी कनै पेन्टिङ गर्नु हुन्छ भने घर अशोभनीय र भद्धा देखिने गर्दछ । यसको लागि स्किल सेवाले तपाईँको बिरामी घरको उपचार गरेर मात्र रङ्ग लगाउने काम गर्दछ ।
कम्पनीका सिइओ रमेश तिमिल्सिनाका अनुसार अहिले कम्पनीले सेवा एप समेत सञ्चालनमा ल्याइएको छ । विभिन्न प्रकारका घर सम्बन्धी सेवा जस्तै प्लम्बिङ्ग, इलेक्ट्रिक, वाटरप्रुफिङ्ग आदि जस्ता सेवा सेवा एपबाट प्राप्त गर्न सकिने छ । सेवाग्राहीको आवश्यकता मध्यनजर गरेर एप निर्माण गरिएको तिमिल्सिनाको भनाई छ । गुगल प्ले स्टोरबाट सेवा एप डाउनलोड गरी गुणस्तरीय सेवा लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस