
स्याङ्जा । नेपाली काँग्रेसले प्रतिनिधिसभामा थप एक सिट थपेको छ । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएसँगै काँग्रेसलाई एक सिट थपिएको छ ।
शनिबार राति सकिएको मतगणना अनुसार धनराजले ३१ हजार ४६६ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पद्यमा अर्यालले २५ हजार ८३९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । उनीहरुबीचको मतान्तर ५ हजार ६२७ छ ।
प्रतिक्रिया दिनुहोस