aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

रुसले पश्चिमा देशलाई बेच्ने तेलको मूल्य निर्धारण गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ मंसिर २०७९
रुसले पश्चिमा देशलाई बेच्ने तेलको मूल्य निर्धारण गर्दै
NIBL

काठमाडौं । पस्श्चिमा राष्ट्रहरुबाट रुसको तेलको मूल्य निर्धारण गर्ने तयारीका बीच रुसले भारत र चीनलाई तेल बिक्री गर्ने विषयमा ठूलो चर्चा हुन थालेको छ । रुसले सम्भावित मूल्य क्यापको बारेमा चिन्तित नभएको बताएको छ। रुसले तेलका लागि भारत र चीनसँग सीधै सम्झौता गर्ने स्पष्ट पारेको छ । रसियाले मूल्य क्यापमा खिल्ली उडाएको भन्दै मूल्य बिक्रेता र खरिदकर्ताले निर्धारण गर्नुपर्छ, कसैलाई सजाय दिने उद्देश्यले निर्धारण गर्नेहरूले होइन भनेर जवाफ दिएको छ।

वास्तवमा युक्रेन युद्धका कारण अमेरिकाको वर्चस्व रहेको जी–७ समूह र युरोपेली युनियनले जतिसक्दो चाँडो रुसी तेलको मूल्य निर्धारण गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चकित पार्ने तयारी गरिरहेका छन् । यसो गर्दा रुसले युक्रेन युद्धका लागि प्रयोग गरिरहेको कोषमा कमी आउने पश्चिमी देशको विश्वास छ ।

पश्चिमी देशहरूले डिसेम्बर ५ मा रूसी तेलको मूल्य क्याप घोषणा गर्न सक्छन्। अहिलेसम्म रुसी तेलको मूल्य प्रतिब्यारेल ६५ देखि ७० डलर कायम गर्न सकिने चर्चा छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पत्रकार सम्मेलनमा मूल्य क्यापको बारेमा मस्को चिन्तित नभएको बताए । 

लाभरोभले भारत, चीनलगायत रुसी ऊर्जाका सबै प्रमुख ग्राहकहरूसँगको वार्तामा समय, परिमाण र मूल्यमा सबैको हितको सन्तुलनलाई ध्यानमा राखिएको बताए। कसैलाई कारवाही गर्न यस्तो गर्नेले होइन, ग्राहक र खरिदकर्ताले मिलेर निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस