
काठमाडौं । सन् २०२२ को एघार महिनाको अवधिमा पाँच लाख भन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । जनवरीदेखि नोभेम्बरसम्मको ११ महिनाको अवधिमा विभिन्न देशका पाँच लाख ४२ हजार ९७५ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२२ को जनवरी महिनामा १६ हजार ९७५ पर्यटक नेपाल भित्रिएका थिए । त्यस्तै, दोस्रो महिना अर्थात फेब्रुअरी महिनामा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । जनवरी महिनाको तुलनामा फेब्रुअरी महिनामा तीन हजारभन्दा बढी संख्यामा पर्यटक नेपाल आएको देखिन्छ ।
त्यस्तै, सन् २०२२ को मार्च महिनामा ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका थिए । यो संख्या फेब्रुअरी महिनाको तुलनामा दोब्बर भन्दा धेरै हो । उक्त महिना सबैभन्दा बढी भारतबाट पर्यटक आएको तथ्यांकमा उल्लेख छ ।
अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका हुन् । अप्रिल पछि मे महिनामा पर्यटकीय गतिविधिमा सुधार आएपनि पर्यटक भित्रिनेको संख्या घटेको देखिन्छ । मे महिनामा ५३ हजार ६०८ जना पर्यटक नेपाल भित्रिएका थिए । अप्रिल महिनाको तुलनामा यस महिना ४ हजार ७४० पर्यटक कम आएका हुन् ।
त्यस्तै, जुन महिनामा ४६ हजार ९५७ जना, जुलाईमा पनि ४४ हजार ४६२ जना, अगस्ट महिनामा ४१ हजार ३०४ जना, सेप्टेम्बर महिनामा ५८ हजार ३१४ जना र अक्टोबर महिनामा ८८ हजार ५८२ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । त्यसैगरि, सन् २०२२ को नोभेम्बर महिनामा ७२ हजार ६५३ जना पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस