aarthiknews.com आइतबार, १७ मंसिर २०८०   Sunday, 03 December, 2023
 
Royal Enfield
sarbottamcement

उपत्यकामा अब राति १२ बजेसम्म व्यापार गर्न पाइने, डिस्को विहान ४ बजेसम्म खुल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ मंसिर २०७९
Global IME
ime Limited
उपत्यकामा अब राति १२ बजेसम्म व्यापार गर्न पाइने, डिस्को विहान ४ बजेसम्म खुल्ने
DHI
nmb

काठमाडौं । काठमाडौं उपत्यकामा रात्रीकालिन व्यवसायलाई केहि खुकुलो बनाएको छ । सरकारले काठमाण्डौ उपत्यकामा रात्रिकालीन व्यापार, व्यवसाय र मनोरञ्जनको क्षेत्र सञ्चालनमा खुकुलो नियम ल्याएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख घनश्याम उपाध्यायले बताए ।

यसअघि १० बजे नै काठमाण्डौमा पसल र मनोरञ्जनका व्यवसाय बन्द गराउने नियम रहेकोमा अब आर्थिक रुपमा अलि चलायमान गराउनका लागि काठमाण्डौ जिल्ला सुरक्षा समितिले समय बढाएको प्रमुख उपाध्यायले आर्थिकन्युज डटकमलाई जानकारी दिए । नयाँ नियमअनुसार रक्सी पसल राति १० बजेसम्म र रेस्टुरेन्टहरू राति १२ बजेसम्म सञ्चालन गर्न पाइने छ ।  

यस्तै डान्स, दोहोरी र लाउन्ज एन्ड बार राति २ बजेसम्म सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाण्डौ व्यवस्थ गर्रिएको उनले जनाए । यस्तै क्लब र डिस्को बिहान ४ बजेसम्म चलाउन पाइने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस