
काठमाडौं । पूर्वाधार विकास कार्यालय, सल्यानका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर विनोद पुन, सब–इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना उपर भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेका छन।
जिल्ला सल्यान, शारदा नगरपालिका, वडा नम्बर १५ अन्तर्गत पूर्वाधार विकास कार्यालय, सल्यानबाट आर्थिक वर्ष २०७७÷०६८ मा सडक निर्माण कार्यमा लागत अनुमान विपरीत कार्य गरी अनियमितता गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ ।
तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर विनोद पुन, सब–इन्जिनियर प्रकाश शाही र सब–इन्जिनियर कुमार बोहराले सडक निर्माण स्थलमा नभएको नगरेको कामको परिमाणसमेत मूल्याङ्कन गरी नापी किताबमा चढाई गलत कार्यसम्पन्न प्रतिवेदन तयार गरी झुट्टा विल भरपाईलाई स्वीकार गरी भ्रष्टचार गरेको अख्यिारले आरोप लगाएको छ ।
विल भुक्तानी गरी निजहरु विनोद पुन, प्रकाश शाही र कुमार बोहराले भ्रष्टाचार निवारण ऐन, २०५८ को दफा ८(१) को देहाय (ग) र (ङ) तथा बदनियत पूव्र्रक भए गरेको कार्य लुकाई छिपाई नभए नगरेको कुरा देखाई गलत कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी ऐ।ऐनको दफा १ (२) बमोजिम समेत कसुर बापत विनोद पुन, प्रकाश शाही र कुमार बोहरा उपर सात लाख चौध हजार एकचालीस रुपैयाँ नौ पैसा बिगो कायम गरी भ्रष्टाचार गरेको आरोप पत्र विशेष अदालत, काठमाडौं म्ुद्दा दायर भएको छ ।
प्रतिक्रिया दिनुहोस