aarthiknews.com शुक्रबार, २० माघ २०७९   Friday, 03 February, 2023
 
kalapathar

पाल्पा उद्योग वाणिज्य सङ्घमा भट्टराई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ मंसिर २०७९
nabil bank
kispangmun.gov.np/
पाल्पा उद्योग वाणिज्य सङ्घमा भट्टराई
bhotekoshimun.gov.np/
LBF

पाल्पा  । पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा शैलेन्द्र भट्टराई निर्वाचित भएका छन । सोमबार तानसेनमा भएको मतदानमा उनले छ सय ४१ मत हासिल गरेका थिए ।  संघमा कुल एक हजार एक सय ३५ मतादाता रहेका थिए । संघको उद्योग उपाध्यक्षमा उत्तमकुमार बज्राचार्य एक सय सात मतसहित निर्वाचित भएका हुन ।

संघको वाणिज्य उपाध्यक्षमा भीमबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन । यस्तै क्षेत्र नं ११ को दुई सदस्यका लागि भएको निर्वाचनमा तीन जना चुनावी मैदानमा रहेकामा कमल पाण्डे र लक्ष्मण बस्याल निर्वाचित भएका छन ।
 
कुल २५ पदका लागि हुने निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष र क्षेत्र नं ११ को दुई सदस्यका लागि मात्र निर्वाचन भएको थियो । अन्य पदमा भने समिति निर्विरोध निर्वाचित भइसकेका छन् ।

एशोसिएट सदस्यमा विष्णुप्रसाद पाण्डे, क्षेत्र नं २ को सदस्यमा सञ्जयकुमार श्रेष्ठ, क्षेत्र नं ३ को एक सिटमा खुमप्रसाद पोखरेल, क्षेत्र नं ४ को दुई पदमा नारायण पछाईँ, मञ्जु रेग्मी, क्षेत्र नं ५ को सदस्य दुई सिटमा विनायक महर्जन, किशोरदर्शन बज्राचार्य, क्षेत्र नं ६ मा दुुई सिटका लागि लक्ष्मणप्रसाद रेग्मी, अमनप्रसाद श्रेष्ठ, क्षेत्र नं ७ को दुई सिटमा सविन मल्ल, महेश शर्मा आचार्य निर्विरोध निर्वाचित भएका छन  । रासस
 
यस्तै क्षेत्र नं ८ मा दुई सिटका लागि रञ्जनाकुमारी थापा अर्याल, प्रज्वलराज शाक्य, क्षेत्र नं ९ को एक सिटमा समिरमान सिंह, क्षेत्र नं १० को दुुई सिटमा विदुर घिमिरे, सुरेश गोदार, क्षेत्र नं १२ को दुई सिटमा दीपक घिमिरे, मुक्तिराम जिसी र क्षेत्र नं १३ को एक सिटमा समता मियाँ निर्विरोध हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस