aarthiknews.com विहीबार, २६ माघ २०७९   Thursday, 09 February, 2023
 
kalapathar

लिवर्टी ईनर्जीले घटायो करिब १२ प्रतिशतले खुद नोक्सानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ मंसिर २०७९
nabil bank
kispangmun.gov.np/
लिवर्टी ईनर्जीले घटायो करिब १२ प्रतिशतले खुद नोक्सानी
bhotekoshimun.gov.np/
LBF

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा यस वर्ष सोही अवधिसम्म ११ दशमलव ७५ प्रतिशतले खुद नोक्सानी घटाएको छ । गत वर्षको पहिलो त्रैमाससम्म रू. ७७ लाखभन्दा बढी नोक्सानीमा रहेको कम्पनी यस वर्ष सोही अवधिसम्म रू. ६७ लाख ९५ हजार खुद नोक्सानीमा रहेको हो ।

गत वर्षभन्दा यस वर्ष कम्पनीको डिप्रिसियसन करिब १३ प्रतिशत कम भएकाले खुद नोक्सानीमा कमि आएको हो । गत वर्ष रू. ११ लाख ४९ हजार डिप्रिसियसन रहेकोमा यस वर्ष रू. १० लाख ४ हजार मात्र रहेको छ ।

हालसम्म विद्युत विक्री आम्दानी नगरेको कम्पनीले विद्युत विक्री आम्दानी गर्न सुरु गरेसँगै कम्पनीलाई नाफामा पु¥याउने उदेश्य लिएको छ । कम्पनीले लमजुङ जिल्लामा २५ मेगावाट क्षमतामा अपर दोर्दी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड रहेको छ । कम्पनीको रिटेन्ड अर्निग भने रू. १८ करोड ६१ लाखभन्दा बढी ऋणात्मक रहेको छ । पहिलो त्रैमाससम्म कम्पनी रू. शून्य दशमलव ४५ प्रतिशेयर नोक्सानीमा रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ८७ दशमलव ५९ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस